PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राष्ट्रिय सभा बैठकको मिति परिवर्तन, पुस २७ गते बोलाइयो



पहिलोपोस्ट

राष्ट्रिय सभा बैठकको मिति परिवर्तन, पुस २७ गते बोलाइयो

काठमाडौं : राष्ट्रिय सभाको बैठकको मिति फेरि परिवर्तन भएको छ। पुस २५ गते बस्ने तय भएको बैठक अब पुस २७ गतेका लागि बोलाइएको संसद सचिवलयले जनाएको छ।

पुस २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना प्रकाशित गर्दै जनाएका हुन्।

यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो।

नेकपा एमालेले आफूले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले हटाउनु पर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell