PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिल्म 'आरआरआर' को रिलिज डेट स्थगित हुँदा 'कठपुतली'लाई फाइदा



पहिलोपोस्ट

फिल्म 'आरआरआर' को रिलिज डेट स्थगित हुँदा 'कठपुतली'लाई फाइदा

गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले पहिलो साता बक्सअफिसमा राम्रो व्यापार गरेको छ। आज रिलिज हुने भनिएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ रिलिज नभएपछि ‘कठपुतली’ ले दोस्रो सातामा धेरै शो पाएको छ।

एफक्युबका व्यवस्थापक रामहरी कोइरालाले कठपुतलीले आज धेरै शो पाएको बताएका हुन्। एफक्युबका साथै क्यूएफएक्स चेन, विएसआर, वान् सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज सिनेमाज्, कीर्तिपूर सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा यस फिल्मले राम्रो शो पाएको छ।

दर्शकहरुबाट फिल्म ‘डार्क’ भयो भन्ने प्रतिक्रिया आएपछि निर्माण टिमले यसको समाधान गरेको छ। निर्देशक भिमसेन लामाले अब दर्शकले चाहेको जस्तै क्वालिटीमा फिल्म हेर्न सक्ने बताएका छन्। पहिलो हप्ता दर्शकबाट मिलेको साथ र प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक लामा बताउँछन्। साथै आफूमा थप चुनौती र जिम्मेवारी थपिएको समेत उनको तर्क छ।

पृथ्वी राना मगरको लगानीमा निर्माण भएको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ। हरर जनरामा निर्माण भएको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell