PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बानेश्वरको एनआइसी बैंक 'लुट' प्रकरण : चार जना समातिए



पहिलोपोस्ट

 बानेश्वरको एनआइसी बैंक 'लुट' प्रकरण : चार जना समातिए

काठमाडौं : काठमाडौंको बानेश्वरस्थित एनआइसी एसिया बैंक 'लुट' प्रकरणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो।

'हामी यो अनुसन्धानमा सफल भएका छौं। केही मानिस नियन्त्रणमा लिएका छौं। अन्य लिने र अनुसन्धान भने जारी नै रहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने।

पुस १८ गते बैक लुटिएको थियो। १६ लाख रुपैयाँ भन्दा धेरै रकम लुटिएको भन्दै प्रहरीमा उजुरी परेको थियो। घटनाको अनुसन्धानको क्रममा बैंकका एक कर्मचारीको समेत संलग्नता भएको आशंकामा अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell