PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गोलरहित बराबरीमा रोकिए एपीएफ र जावलाखेल

गोलरहित बराबरीमा रोकिए एपीएफ र जावलाखेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेल पनि बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र जावलाखेल गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले केही राम्रा अवसरहरु बनाए पनि फिनिसिङमा कमजोर रहे।

योसँगै एपीएफ ८ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको १० औं स्थानमा छ भने ८ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ।

आजै सम्पन्न पहिलो खेल पनि बराबरीमै रोकिएको थियो। दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लब १-१ गोलको बराबरीमा रोकिएका थिए।

शनिवार लिगमा तीनवटा खेल हुँदैछन्। जसमा दुईवटा खेलहरु काठमाडौंमा र एउटा खेल पोखरामा हुनेछ।

भोलि हुने पहिलो खेलमा लिग लिडर मछिन्द्र क्लब र अंकतालिकाको पुछारको फ्रेन्ड्स क्लब १ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्। त्यस्तै, दोस्रो खेलमा २ बजे च्यासल युथ क्लब र मनाङ मर्स्याङदी क्लब पोखरा रंगशालामा २ बजे भिड्नेछ। तेस्रो खेलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब दशरथ रंगशालामा पौने ५ बजे आमनेसामने हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell