PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर



पहिलोपोस्ट

लागु औषध सेवनकर्ता र कारोबारी बढे, कोकिनको कारोबार उकालोतिर

काठमाडौं : कारागारबाट नै लागु औषधको कारोबार हुने गरेको घटना सार्वजनिक भइरहेको छ।

भारतबाट ल्याएर नेपालमा एम्पुल प्रयोग गर्ने प्रयोगकर्ता बढेका छन्। नेपालमा पछिल्लो समय प्रहरीले बरामद लागु औषध र पक्राउ गरेको मानिसको सङ्ख्यालाई हेर्दा लागु औषध सेवनकर्ता र कारोबारी बढेको देखिन्छ। लागु औषध गाँजा, चरेस, हेरोइन, कोकिन लगायतका लागु औषधको प्रयोग र कारोबार बढेको देखिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा ४ किलो ४७ ग्राम कोकिन बरामद भएको देखिएको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनामा कोकिन बरामद भएको थिएन।

'पछिल्लो समय प्रयोगकर्तासँगै कारोबारीहरू पनि बढेका छन्। टीनएज समूहका मानिस सेवनकर्ताको रूपमा देखिएको छ,' लागु औषध नियन्त्रण ब्युरोका एसएसपी हृदय थापाले भने।

चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले लागू औषध सेवनकर्ता र कारोबारी गरेर २ हजार २ सय ४६ जनालाई पक्राउ गरेको छ। अघिल्लो आर्थिक वर्षको ५ महिनामा १ हजार ५ सय ९० जनालाई नियन्त्रणमा लिएको थियो।

त्यस्तै सोही अवधिमा मुद्दा दर्ताको सङ्ख्या पनि ४५ प्रतिशतले बढेर गएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा १ हजार ४ सय ७८ वटा मुद्दा दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell