PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारलाई युवाको प्रश्न: महिनावारीमा कर किन?

सरकारलाई युवाको प्रश्न: महिनावारीमा कर किन?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लाग्दै आएको कर खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। जावलाखेलमा भएको प्रदर्शनमा विभिन्न प्लेकार्ड बोकेर युवाहरुले सरकारसँग कर मिनाहाको माग गरेका हुन्।

युवाहरु 'महिनावारीमा कर किन?', 'रातो कर माफ गर' आदि लेखिएको ब्यानर सहित प्रदर्शनमा भेला भएका थिए। यस्तै, महिनावारी सम्बन्धी नाटक र कविता पनि प्रस्तुत गरिएको थियो।

महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता समाग्रीमा सरकारले कर वृद्धि गरेपछि केही महिनायता देखि विरोध प्रदर्शन हुँदै आएको छ। प्याड नि:शुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ।

स्यानिटरी प्याड नि: शुल्क हुनुपर्ने माग गरिरहँदा सरकारले आयातित प्याडहरुमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएको छ। जसकारण बजारमा आउँदा प्याडको मूल्य बढ्न गएको छ। यस्तै, कच्चा पदार्थ आयात गर्नेलाई ५ प्रतिशत कर लगाउने गरिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा ३ करोड ३१ लाख भन्दा बढी प्याड नेपाल भित्रिएको थियो। जसमा तीन करोड ६ लाख २० हजार आयात कर जोडिएको छ।

स्यानिटरी प्याड बिलासिता बस्तु नभएको भन्दै त्यसमा कर लगाउन नहुने भन्दै पहिलादेखि नै लबिङ हुँदै आएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell