PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन   



निशा गुरुङ

एमाले जिल्ला अधिवेशनः सहमति नहुँदा मकवापुरमा आइतबार निर्वाचन   

हेटौंडाः नेकपा (एमाले) मकवानपुरको नेतृत्व चयनका लागि आइतबार मतदान हुने भएको छ। शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सहमति नहुँदा नेतृत्वका लागि निर्वाचन हुन लागेको हो।

केन्द्रीय नेतृत्वले सर्वसम्मतको निर्देशन दिए पनि दुई प्रत्यासीबीच सहमति नभएपछि मतदान हुने भएको हो। तर चुनाव अघिसम्म सहमतिको प्रयास जारी राखिने नेताहरुले बताएका छन्।  

अध्यक्षका लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठले दाबी गरिरहेका छन्।

दुबै समूहले आ-आफ्ना प्यानलका लागि उम्मेदवार छनोट गरिसकेका छन्। लम्साल प्यानलबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवमा हिदम लामा र सीता विष्ट चुनावी मैदानमा छन्।

यस्तै, श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवहरुमा मदन दहाल र पार्वती राना चुनावी मैदानमा छन्। सदस्यहरुको भने कुनै प्यानल छैन।

शुक्रबार प्रकाशित उम्मेदवारको नामावलीका अनुसार १०५ सदस्यीय जिल्ला कमिटीका लागि पदाधकिारीसहित २०० जनाको उम्मेदवारी परेको छ। पदाधिकारीमा १५ जनाको उम्मेदवारी रहेको छ।

एमाले विभाजन भएपछि तत्कालीन अध्यक्ष मुनु सिग्देल नेकपा (एकीकृत समाजवादी) मा लागेपछि लम्सालले अध्यक्षको जिम्मेवारी पाएका थिए। लम्साल एमालेका तत्कालीन नेता माधव नेपाल पक्षमा रहे पनि विभाजनका क्रममा एमालेमै रहेका थिए।

श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन्। एमालेभित्र आन्तरिक द्वन्द्व चलेका बेला तत्कालीन अध्यक्ष सिग्देललाई हटाएर उनी केही समय अध्यक्ष बनेका थिए। १० बुँदे सम्झौतापछि उनले लम्साललाई अध्यक्ष पद हस्तान्तरण गरेका थिए।

मकवानपुरका १० पालिकामध्ये ७ वटामा सहमति भए पनि हेटौंडा उपमहानगरपालिका, मनहरि गाउँपालकिा र कैलाश गाउँपालकिामा भने सहमति हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell