PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कमल थापाको अभियानमा गृह जिल्लामै असन्तुष्टि, साथ नदिने घोषणा



पहिलोपोस्ट

कमल थापाको अभियानमा गृह जिल्लामै असन्तुष्टि, साथ नदिने घोषणा

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवशेनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ।

राप्रपाका पूर्व केन्द्रीय सदस्य, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्य, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुको भेलाले महाधिवेशनको समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निष्कर्ष निकालेका छन्।

केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैलीबारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीति अनुरुप हिँड्ने निष्कर्ष निकालेका हुन्। हेटौंडामा आयोजित भेलामा पार्टीको विचार सिद्धान्तप्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिले पार्टीविरुद्ध गरिरहेको गतिविधिलाई साथ नदिने निर्णय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell