PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित



पहिलोपोस्ट

ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबका डिफेन्डर रोनेल एन्थोनी पउलले बल क्लियर गर्न खोज्दा आत्मघाती गोल गर्न पुगेका थिए। उनले खेलको ६८ औं मिनेटमा गरेको आत्मघाती गोल नै मछिन्द्रको जितका लागि पर्याप्त बन्यो।

त्यस्तो पोखरा रंगशालामा सम्पन्न खेलमा घरेलु टोली मनाङ मर्स्याङदी क्लबले च्यासल युथ क्लबमाथि ५-० गोलअन्तरको फराकिलो जित निकाल्यो। मनाङको जितमा अफीज ओलावालले ह्याट्रिक गर्दा एडिलेजा सोमिडे र दीनेश राजबंशीले समान १/१ गोल गरे।

तेस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्युरोड टिम एनआरटीलाई हरायो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले १-० को संघर्षपूर्ण जित निकाल्यो। आर्मीको जितमा दिनेश हेम्जनले १७ औं मिनेटमा निर्णायक गोल गरे।

जितसँगै ८ खेलबाट २० अंक जोडेको मछिन्द्र क्लब अंकतालिकाको शीर्षस्थानमा छ भने मनाङ मर्स्याङदी क्लब १९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै समान १४ अंक जोडेका संकटा क्लब र आर्मी तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell