PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सहमतिमै टुंगियो एमाले मकवानपुरको अधिवेशन : अध्यक्षमा एकलाल श्रेष्ठ, पदाधिकारी र सदस्यमा को - को?



निशा गुरुङ

सहमतिमै टुंगियो एमाले मकवानपुरको अधिवेशन : अध्यक्षमा एकलाल श्रेष्ठ, पदाधिकारी र सदस्यमा को - को?

हेटौंडा : नयाँ नेतृत्वको लागि निर्वाचन हुने भनिए पनि नेकपा एमाले मकवानपुरको अधिवेशन सर्बसम्मतिमै टुंगिएको छ। शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशनमा शनिवार साँझसम्म सहमति नहुँदा नेतृत्वका लागि आइतवार मतदान हुने कार्यतालिका बनेको थियो।

यद्यपि आइतवार बिहान भएको सहमतिअनुसार एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनमा श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटीसमेत सर्वसम्मत चयन भएको छ।

सहमति भएसँगै जिल्ला कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट चयन भए। जिल्लाको थाहा नगरपालिका, वाग्मती, बकैया, मकवानपुरगढी, भीमफेदी, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरि तोकिएका सदस्यहरुले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौंडा उपमहानगरलिका, जनजाति, मुस्लिम र अल्पसंख्यक महिला, मजदुरतर्फ गरेर ४७ जना जिल्ला सदस्यका लागि निर्विरोध चयन भए।

यी हुन् नेकपा एमाले मकवानपुरको जिल्ला सदस्यमा निर्विरोध निर्वाचित

थाहा नगरपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

युवराज गोले

सुरेन्द्रमान प्रधान

शिबराम थापा

हरि गोपाली

महिलातर्फ

कल्पना बलामी

सुनिता दोङ

वाग्मती गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

कमल राई

जयबहादुर वाईवा

मंगल रखाल

मदनकुमार दुरुङच्याङ

महिलातर्फ

धनमाया स्याङतान

बकैया गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

कृष्णप्रसाद चौलागाई

बेलप्रसाद दाहाल

रामबहादुर गोले

रामबहादुर मोक्तान

महिलातर्फ

निरमाया भोम्जन

सरला बोलखे

मकवानपुरगढी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

बिदुर हुमागाई

मेम्मर ल्हो

हरिप्रसाद कडेल

महिलातर्फ

रमिला तामाङ

भीमफेदी गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

जहारसिंह लामा

द्रोणभ्रद पुडासैनी

प्रकाश पुडासैनी

सुरेन्द्रबहादुर थिके

महिलातर्फ

पञ्चमाया स्याङ्तान

राक्सिराङ गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

बाबुराम स्याङ्तान

मानबहादुर वाईवा

सञ्चय कोईराला

सिंगलाल चेपाङ

महिलातर्फ

सुन्तलीमाया प्रजा

इन्द्रसरोबर गाउँपालिकाको भौगोलिक क्षेत्र खुल्ला तर्फबाट

ऋषि पुडासैनी

बुद्धिराम दिम्डुङ

महिलातर्फ

रेशमकुमारी घिसिङ

हेटौंडा उपमहानगरपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट

दुर्गा नेपाल

विना वाईवा थिङ

रेखा खतिवडा

सरस्वती दाहाल

मनहरी गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट

बिमला कार्की

कैलाश गाउँपालिकाको भौगोलिक क्षेत्र महिला तर्फबाट

सुकुमाया थिङ

जनजाति, मुस्लिम र अल्पसंख्यकको महिला तर्फबाट

जानकी चौधरी

प्रतिमा श्रेष्ठ

मजदुर तर्फबाट

अर्जुन ढुङ्गेल

धर्म बस्नेत

विक्रम लामा

लालकृष्ण प्याकुरेल

महिला तर्फ

गीता कार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell