PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कलंकीमा टिपरले बाइकलाई ठक्कर दियो, पछाडि बसेका युवकको मृत्यु



पहिलोपोस्ट

कलंकीमा टिपरले बाइकलाई ठक्कर दियो, पछाडि बसेका युवकको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।

गएराति बा ४ ख ६८४३ ले नम्बरको टिपरले बा २ प ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी मोटरसाइकलको पछाडि सवार थिए।

ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ। टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यता ललितपुर महानगरपालिका–४ जवलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन्। अन्दाजी ४०/४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन। उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell