PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

३४ जना एसपीको सरुवा : झापामा पोखरेल, कंचनपुरमा चौधरीलाई जिम्मेवारी



पहिलोपोस्ट

३४ जना एसपीको सरुवा : झापामा पोखरेल, कंचनपुरमा चौधरीलाई जिम्मेवारी

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको आइतवारको निर्णयानुसार पुस महिनादेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो।

जसअनुसार केही  जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन्। झापा, काभ्रे, कंचनपुर, बारा लगायतका जिल्लाका एसपी फेरिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोख्रेललाई सुरुवा गरिएको छ। यसअघि झापामा एसपी सानुराम भट्टराई थिए। श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell