PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’



पहिलोपोस्ट

सत्तारुढ गठबन्धनमा रामचन्द्र पौडेलको प्रस्ताव, ‘एमसीसीबारे साझा धारणा बनाऔँ’

काठमाडौँः कांग्रेस वरिष्ठ नेता एवं सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले अमेरिकी सहयोग सम्झौता (एमसीसी) का विषयमा साझा धारणा बनाउन प्रस्ताव गरेका छन्। समितिको बैठकमा पौडेलले एमसीसीबारे गठबन्धनभित्र साझा धारणा बनाउन आवश्यक रहेको बताएका हुन्।

पौडेलको निजी सचिवालयका अनुसार आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। निर्वाचन क्षेत्रमा प्रचारका लागि जिम्मेवारी निर्धारणको पनि प्रस्ताव गरेका छन्।

सत्तारुढ गठबन्धनले संसद्को गतिरोध हटाउन प्रयत्न गर्नुपर्नेमा पनि सरकारलाई सुझाव दिएको छ। यस्तै, अदालतको गतिरोधबारे पनि पहल हुनुपर्ने धारणा अघि सारेको छ।

नारायणहिटी परिसरभित्र कुनै पनि संरचना निर्माण नगरी पार्कका रुपमा विकसित गर्न सरकारलाई समितिले सुझाव दिएको छ। अन्य सरकारी जमिन, नदी किनाराका जमिन तथा राष्ट्रिय सम्पत्ती खोजविन गरी रेकर्ड  दुरुस्त राख्न पनि समितिले सरकारको ध्यानाकर्षण गराएको छ।

निजगढ विमानस्थल निर्माण, बूढीगण्डकी, अपर कर्णाली, सुनकोशी डाइभर्सन, भेरी डाइभर्सन, मेलम्ची र जनकपुर रेल सञ्चालन लगायतका राष्ट्रिय आयोजनाहरुको गतिरोध हटाई कार्यान्वयन अघि बढाउने समितिले सरकारको ध्यानाकर्षण गराएको छ।

उखु किसानको बाँकी बक्यौता भुक्तानीको पहलका लागि पनि समितिले सरकारलाई सुझाव दिएको छ। नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक अघि बढाउन पनि समितिको सुझाव छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell