.png)
काठमाडौं: आजबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। टी २० विश्वकप छनोट नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ क्यानले टी २० फर्म्याटमा प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो।
सोमवारबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल अर्को साता बुधवार सम्पन्न हुनेछ। प्रतियोगिताको उद्घाटन आज बिहान साढे ८ बजे कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुनेछन्।
१० टिम दुई समूह
समूह ए: त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश १
समूह बी: नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश
पहिलो दिन नै चार खेल
सोमवार नै प्रतियोगिताका चार खेल सम्पन्न हुनेछन्। टीयू क्रिकेट मैदानमा दुईवटा र मुलपानीमा दुईवटा म्याच सम्पन्न हुनेछन्।
२६ गते ४ खेल
त्रिभुवन आर्मी क्लब भर्सेस कर्णाली प्रदेश (कीर्तिपुर)
नेपाल एपीएफ भर्सेस प्रदेश २ (कीर्तिपुर)
नेपाल पुलिस भर्सेस सुदूरपश्चिम प्रदेश (मुलपानी)
वाग्मती प्रदेश भर्सेस लुम्बिनी प्रदेश (मुलपानी)
२७ गते ४ खेल
नेपाल पुलिस क्लब भर्सेस त्रिभुवन आर्मी क्लब (कीर्तिपुर)
वाग्मती प्रदेश भर्सेस नेपाल एपीएफ क्लब (कीर्तिपुर)
प्रदेश १ भर्सेस कर्णाली प्रदेश (मुलपानी)
प्रदेश २ भर्सेस गण्डकी प्रदेश (मुलपानी)
२८ गते रेस्ट डे
२९ गते ४ खेल
कर्णाली प्रदेश भर्सेस सुदूरपश्चिम प्रदेश (कीर्तिपुर)
प्रदेश २ भर्सेस लुम्बिनी प्रदेश (कीर्तिपुर)
त्रिभुवन आर्मी क्लब भर्सेस प्रदेश १ (मुलपानी)
एपीएफ क्लब भर्सेस गण्डकी प्रदेश (मुलपानी)
३० गते ४ खेल
कर्णाली प्रदेश भर्सेस नेपाल पुलिस क्लब (कीर्तिपुर)
प्रदेश २ भर्सेस वाग्मती प्रदेश (कीर्तिपुर)
सदूरपश्चिम प्रदेश भर्सेस त्रिभुवन आर्मी क्लब (मुलपानी)
लुम्बिनी प्रदेश भर्सेस नेपाल पुलिस क्लब (मुलपानी)
माघ १ गते २ खेल
प्रदेश १ भर्सेस नेपाल पुलिस (कीर्तिपुर)
वाग्मती भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)
माघ २ गते २ खेल
सदूरपश्चिम प्रदेश भर्सेस प्रदेश १ (कीर्तिपुर)
लुम्बिनी प्रदेश भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)
माघ ३ गते रेस्ट डे
माघ ४ गते सेमिफाइल
समूह ए को विजेता भर्सेस समूह बी को उपविजेता
समूह बी को उपविजेता भर्सेस समूह ए को विजेता
माघ ५ गते फाइनल