PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

भारतमा एकैदिन थपिए १ लाख ७९ हजार बढी कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा एकैदिन थपिए १ लाख ७९ हजार बढी कोरोना संक्रमित
File Photo : EPA

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ७२३ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

हाल संक्रमणको गति तिब्र रुपमा फैलिरहेको भारतमा दैनिक संक्रमितको संख्या पनि बढिरहेको हो। पछिल्लो समय भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्टको संक्रमण फैलिएपछि दैनिक संक्रमितको संख्या बढेको हो। हालसम्म भारतमा कुल ४ हजार ३३ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।

भारतमा दैनिक संक्रमण दर १३.२९ प्रतिशत पुगेको छ। मन्त्रालयका अनुसार हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ।

यस्तै, थप १४६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell