PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रहरी अनुसन्धानमा 'सेवनकर्ता' लाहुरेको मुनि कुनै ग्राहक भेटिएन !



पहिलोपोस्ट

प्रहरी अनुसन्धानमा 'सेवनकर्ता' लाहुरेको मुनि कुनै ग्राहक भेटिएन !

काठमाडौं : र्‍यापर आशिष राना मगर 'लाहुरे' माथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट पुनः १७ दिनको म्याद थप गरेको छ। दोस्रो पटक उनीविरुद्ध लागु औषध मुद्दामा म्याद थप गरिएको हो। यसअघि उनी सहित अन्य चार जना विरुद्ध ८ दिनको म्याद थप गरेर अनुसन्धान भएको थियो।

प्रहरीले लाहुरेसहित अन्य चार जनालाई पुस ४ गते कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो। लाहुरेको साथबाट ब्राउन सुगर भने फेला नपरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने  २२ वर्षीय सुस्मिता गुरुङ रहेका छन्। प्रहरीको अहिलेसम्मको अनुसन्धानमा र्‍यापर लाहुरे 'सेवनकर्ता' मात्र देखिएको छ।

'उनको साथबाट लागु औषध बरामद भएको छैन। सेवनकर्ता मात्र देखिन्छ। उनी मुनि कुनै पनि कन्जुमर भेटिएन,' डिएसपी तिवारीले भने।

प्रहरीले बिक्की भन्ने नबिन कुमार गुरुङलाई नियन्त्रणमा लिएर खोजबिन गर्दा ब्राउन सुगर ०.५१ ग्राम फेला परेको थियो। त्यसपछि उनलाई सोधपुछ एवं अनुसन्धान पछि पोखराको सभागृह नजिकै रहेको सुस्मिता गुरुङको कोठाबाट ब्राउन सुगर १२.५० ग्राम फेला पारेको प्रहरीले जानकारी दिएको छ।

र्‍यापर लाहुरे हिमालय टेलिभिजनबाट प्रसारण हुने रोडिज कार्यक्रममा निर्णायक समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell