PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कर्णाली प्रदेशलाई हराउँदै आर्मीको सुखद सुरुवात



पहिलोपोस्ट

कर्णाली प्रदेशलाई हराउँदै आर्मीको सुखद सुरुवात
तस्बिर: क्यान

काठमाडौं: आजबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.१ ओभरमा ११६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ५३ रनमा समेटियो।

आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक २९ रन बनाउँदा हरि चौहानले २० तथा रोहित कुमार पौडेल र कुशल मल्लले समान १०/१० रन बनाए।

बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिँदा अनुज चुनराले २ विकेट तथा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीको ब्याटिङ जमेन। कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन बनाउँदा कप्तान रवीन्द्र शाहीले १५ रन बनाए।

बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेछ लिँदा शुसन भारी र शाहब आलमले समान २/२ विकेट तथा सोमपाल कामी र विक्रम सोबले समान १/१ विकेट लिए।

मुलपानी मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell