PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

माघ १५ गतेसम्म विद्यालयहरुमा बिदा दिने सरकारको निर्णय



पहिलोपोस्ट

माघ १५ गतेसम्म विद्यालयहरुमा बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले माघ १५ गतेसम्म शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। आज बसेको शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयमा सचिवस्तरीय बैठकले १५ गतेसम्म बिदा दिने निर्णय गरेको हो।

'विदा दिने निर्णय सिसिएमसीले गरिसकेको छ। हाम्रो आन्तरिक बैठक भएको छ। सिसिएमसीको निर्णय कार्यान्वयनमा लग्दै त्यसको सुचना जारी गर्छौं,' मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने।

आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले माघ १५ गतेसम्म विदा दिन मन्त्रालयलाई सिफारिस गरेको थियो।

पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। सरकारले विद्यालयमा नै कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेपनि सबै बालबालिका खोप पाउन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell