PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दृश्यमा सुदूरपश्चिममाथि पुलिसको रोमाञ्चक जित

दृश्यमा सुदूरपश्चिममाथि पुलिसको रोमाञ्चक जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ९ विकेट गुमाउँदै ९१ रनमा समेटियो।

टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको हो।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा पवन सर्राफले २० र आरिफ शेखले १० रनको योगदान दिए।

सुदूरपश्चिमका लागि नारायण जोशी र आदित्य महताले सर्वाधिक ३/३ विकेट लिँदा शेर मल्लले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले सर्वाधिक २७ रन बनाउँदा नारायण जोशीले २२ रन बनाए। त्यस्तै खडक बोहोराले १३ रन बनाए।

सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन आरिफ शेखले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी, करण केसी र पवन सर्राफले समान १/१ विकेट लिए।

आजै कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमलाई हराउँदै त्रिभुवन आर्मी क्लबले सुखद सुरुवात गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell