PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दृश्यमा पुलिस र बिग्रेड ब्वाइजको बराबरी खेल

दृश्यमा पुलिस र बिग्रेड ब्वाइजको बराबरी खेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्बल र ब्रिगेड ब्वाइज क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिस र ब्रिगेड ब्वाइज बराबरीमा १-१ गोलको रोकिएका हुन्।

खेलको दुवै गोल सुरुवाती पाँच मिनेटभित्रै लागेको थियो। खेलको दोस्रो मिनेटमै ब्रिगेड ब्वाइजले अग्रता बनाएको थियो। शिशिर लेखीको प्रहारलाई पुलिसका गोल किपर शत्रुघन चौधरीले राम्ररी होल्ड गर्न सकेनन्। र, पुलिसका डिफेन्डर र गोलकिपरबीचको असमझदारीको फाइदा उठाउँदै ब्रिगेडका रोशन राना मगरले गोल गरे। तर, ब्रिगेडको अग्रता लामो समय टिक्न सकेन। खेलको चौथो मिनेटमा नै पुलिसका बुद्ध तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए।

४६ औं मिनेटमा जर्सी रोशन रानामगरलाई पुलिसका डिफेन्डरले लडाएपछि पाएको फ्रिकिकमा २३ को प्रहार दिवाकर चौधरीको हेड पोस्ट नजिकैबाट बाहिरियो। त्यस्तै ५२ औं मिनेटमा रवि पासवानको प्रहार र लगत्तै सुमन लामाको प्रहार ब्रिगेडका गोलकिपर गुरप्रीत सिंहले बचाए।

योसँगै नेपाल पुलिसले ७ अंक जोडेको छ भने ब्रिगेड ब्वाइजले ६ अंक जोडेको छ। र, योसँगै लिगका आठौं चरणको खेल सकिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell