PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले फिर्ता पठायो सीआईबीको ललिता निवास प्रकरण प्रतिवेदन



पहिलोपोस्ट

 अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले फिर्ता पठायो सीआईबीको ललिता निवास प्रकरण प्रतिवेदन

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणको अनुसन्धान गरि बुझाएको प्रतिवेदन सरकारी वकिल कार्यालयले फिर्ता पठाएको छ।

दुई वर्षभन्दा लामो समयको अनुसन्धान सकेर सीआईबीले केहीदिन अघि मात्रै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, कार्यालयले भने अनुसन्धान नपुगेको भन्दै प्रतिवेदन सिआइबीमा नै फिर्ता पठाएको सहन्यायाधीवक्ता गंगा प्रसाद पौडेलले जानकारी दिए।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा १ सय १० जना विरुद्ध मुद्दा दायर गरेको थियो।

'ललिता निवास'को जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा केही हप्ता अघिमात्रै सीआईबीको टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell