PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ऐरी र शेखको अर्धशतकको सहायतामा एपीएफको जित



पहिलोपोस्ट

ऐरी र शेखको अर्धशतकको सहायतामा एपीएफको जित
तस्बीर ; क्यान

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत आज कीर्तपुरमा सम्पन्न दोस्रो खेलमा एपीएफले जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको एपीएफले हसिम अन्सारीको कप्तानीमा रहेको प्रदेश २ लाई २४ रनले हराएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले ओपनरद्वय प्रदीप ऐरी र आशिष शेखको अर्धशतकीय पारीको सहायतामा १६३ रन बनायो। शेखले सर्वाधिक ६३ रन बनाउँदा ऐरीले ६० रन बनाए। त्यस्तै सुन्दीप जोराले १७ रनको योगदान दिए।

बलिङतर्फ रुपेश सिंहले ४ विकेट लिँदा विवेक यादवले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश दुई ९ विकेट गुमाएर १३९ रनमा समेटियो। प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाउँदा मोहम्मद आदिल आलमले ३५ रन बनाए। त्यस्तै सुरज पटेलले १५, विवेक यादवले १३ र कुमार थापाले १० रन बनाए।

प्रदेश २ लाई लक्ष्यसम्म पुग्न नदिन कमल ऐरी, अविनास बोहोरा र भुवन कार्कीले समान २/२ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान १/१ विकेट लिए।

प्रधानमन्त्री कप अन्तर्गत आजै सम्पन्न अन्य खेलहरुमा त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र नेपाल पुलिस क्लबले जित निकाले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell