PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

सरकारले स्थानीय तहलाई कर्मचारीबाट चलाउन षडयन्त्र गरिरहेको ओलीको आरोप



पहिलोपोस्ट

सरकारले स्थानीय तहलाई कर्मचारीबाट चलाउन षडयन्त्र गरिरहेको ओलीको आरोप

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन खोजेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन गर्न नदिन सरकारले षडयन्त्र गरिरहेको उनको आरोप थियो। 

सोमबार संखुवासभाको खाँदबारीमा आयोजित जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको दाबीसमेत गरे। 'स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो। स्थानीय निर्वाचन सम्बन्धि ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन। किनभने यो सरकार लुटमारमा लागेको छ अहिले,'ओलीले भने।

स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने र कर्मचारीमार्फत् सरकार चलाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै उनले भने, '५९ सालमा चुनाव गराइएन। चुनाव नगराएर जनप्रतिनिधिको म्याद थपिएन। कर्मचारीलाई जिम्मा लगाइयो।'

ओलीले एक अर्को प्रसंगमा नेकपा एकीकृत समाजवादीलाई नक्कली पार्टीको संज्ञा दिए। उनले नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन्।

'वामपन्थीको खोल ओडेका त्यस्ता तत्वहरु र तीनका पार्टीहरुमा अव नअल्मलिनका लागि म आग्रह गर्न चाहन्छु,'ओलीले कार्यकर्तालाई भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell