
काठमाडौं : नेपालमा थप एक हजार ४४६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४२९ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
मन्त्रालयका अनुसार ८ हजार ९६५ नमुनाको आरटी-पीसीआर परीक्षण गर्दा एकहजार ३५७ संक्रमित फेला परेका छन्। त्यस्तै दुई हजार ४६४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८९ जना संक्रमित भएका छन्। २४ घण्टा परीक्षण भएका मध्ये १२.६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।
यसैबिच पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा काठमाडौं उपत्यका मात्र ८७६ जना रहेका छन्। जुन कुल पहिचान भएका संक्रमितको ६०.५८ प्रतिशत हो। संक्रमित पहिचान भएका मध्ये काठमाडौंका ६७५, ललितपुर १३६ र भक्तपुर ६५ छन्।