PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड लागू गर्न गृहको निर्देशन



पहिलोपोस्ट

सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड लागू गर्न गृहको निर्देशन

काठमाडौँः सरकारले सार्वजनिक सेवा प्राप्त गर्नेको लागि कोभिड १९ विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।

गृहमन्त्रालयको सोमबार बसेको मन्त्रिस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको हो। आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले सिफारीस गरे अनुसार निर्णय भएको हो। गृहले सो निर्णय कार्यन्वय गर्नको लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ। होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्र सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको हो।

'सार्वजनिक स्थानहरुमा ( कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हूने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरि यही माघ ७ गतेदेखि लागु गर्ने व्यवस्थाको लागि सबै डिसिएमसीले आवश्यक व्यवस्था गर्ने,' गृहको निर्देशनमा भनिएको छ।

सोमबार मात्र देशभर १४ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा हालसम्म १ करोड १२ लाख ३२ हजार ६ सय ८३ जनाले खोपको पूर्णमात्रा लिएका छन्। १ करोड ५१ लाख ७२ हजार ५ सय २७ जनालाई कम्तिमा एक मात्र खोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell