PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

सूर्य नेपाल गल्फ टुरको तेस्रो इभेन्ट मंगलबारदेखि सुरु हुँदै



पहिलोपोस्ट

सूर्य नेपाल गल्फ टुरको तेस्रो इभेन्ट मंगलबारदेखि सुरु हुँदै

काठमाडौं: सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको तेस्रो इभेन्ट मंगलबारबाट गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। नेपाल प्रोफेसनल गल्फर्स एसोशिएशनले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो।

प्रतियोगितामा ४२ खेलाडीले सहभागिता जनाउने छन्। ७२ होलको ४ दिने प्रतियोगितमाा विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार प्राप्त गर्नेछन्। त्यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितमा शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा र रबि खड्कालगायतका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। त्यस्तै दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्णपदक विजेता सुवास तामाङ, युवराज भुजेललगायतले पनि प्रतियोगितामा भाग लिनेछन्। आयोजकले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell