PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

संसद् अवरोधबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ



रासस

संसद् अवरोधबारे छलफल गर्न एमाले तयार : उपाध्यक्ष नेम्वाङ

मङ्गलबारे : नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्। इलाममा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका छन्। हालसम्म सरकारले औपचारिकता पूरा गर्ने काम मात्र गरेको बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताए।

संसद् अवरुद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उनले सरकारका लागि संसद् अवरुद्ध हुनु दुर्भाग्य भएको बताए। एमालेको १०औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उनले एमसीसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नै गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell