PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, सिमकोटमै रोकिए यात्रु



रासस

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, सिमकोटमै रोकिए यात्रु

सिमकोट : आइतवार साँझदेखि हिमपात भएपछि हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै रोकिएका छन्।

सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेत हुँदै आएको नियमित उडान हुन सकेको छैन। सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए।

हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन्। टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए।

बोहरा नेपालगञ्ज हुँदै काठमाडौं जाने तयारीमा थिए। हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन। नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन।

हिमपात भएपछि यहाँका किसान भने खुसी भएका छन्। खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन्। हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका-१ का मनोज विकले बताए। हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ। नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell