PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

कोरोना संक्रमण न्यूनीकरणका लागि एकीकृत समाजवादीको निर्देशन, ‘बढी भीड हुने कार्यक्रम नगर्नू’



पहिलोपोस्ट

कोरोना संक्रमण न्यूनीकरणका लागि एकीकृत समाजवादीको निर्देशन, ‘बढी भीड हुने कार्यक्रम नगर्नू’

काठमाडौँः कोरोना भाइरस संक्रमण बढेपछि नेकपा (एकीकृत समाजवादी) ले धेरै व्यक्तिहरु भेला हुने पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपालले वक्तव्य जारी गर्दै अनावश्यक भेला नगर्न निर्देशन दिएका छन्।  

वक्तव्यमा नेपालले संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड अपनाउन पनि निर्देशन दिएका छन्। पार्टीका आन्तरिम भेला, बैठक तथा प्रशिक्षणमा समेत स्वास्थ्य मापदण्ड पालना गर्न पनि नेपालले आग्रह गरेका छन्। 

पार्टीका भेला तथा प्रशिक्षणमा अनावश्यक भीडभाड नगर्न पनि नेपालले वक्तव्यमा उल्लेख गरेका छन्। धेरै व्यक्ति सहभागी हुने सभा सम्मेलन स्थगित गर्न पनि वक्तव्यमा भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell