PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रधानमन्त्री कप क्रिकेटमा आज ४ खेल



पहिलोपोस्ट

प्रधानमन्त्री कप क्रिकेटमा आज ४ खेल
फाइल फोटो: क्यान

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगितामा आज चार खेल हुँदैछन्। जसमा दुई खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा र दुई खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

आज कीर्तिपुरमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिहान ९ बजे प्रतिस्पर्धामा उत्रने छन्। प्रतियोगितमा आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराएका थिए। दोस्रो खेलमा वाग्मती प्रदेश र नेपाल एपीएफ क्लब दिउँसो १ बजे आमनेसामने हुनेछन्। सोमवारको खेलमा वागमती प्रदेशले लुम्बिनी प्रदेशलाई हराएको थियो। त्यस्तै एपीएफले प्रदेश २ लाई हराएको थियो।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रदेश १ र कर्णाली प्रदेश बिहान ९ बजे प्रतिस्पर्धामा उत्रने छन्। जारी प्रतियोगितमा प्रदेश १ सुखद सुरुवातको अपेक्षामा मैदान उत्रँदै छ भने पहिलो खेलमा आर्मीसँग पराजय ब्यहोरेको कर्णाली दोस्रो खेलबाट आफ्नो पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै मुलपानीमा हुने दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेश दिउँसो १ बजे प्रतिस्पर्धामा उत्रनेछन्। सोमवारको खेलमा प्रदेश २ विभागीय टोली एपीएफसँग पराजित भएको थियो भने गण्डकी प्रदेश आफ्नो पहिलो खेलमा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ।

प्रतियोगिताको अगाडिको तालिका

२८ गते रेस्ट डे

२९ गते ४ खेल

कर्णाली प्रदेश भर्सेस सुदूरपश्चिम प्रदेश (कीर्तिपुर)

प्रदेश २ भर्सेस लुम्बिनी प्रदेश (कीर्तिपुर)

त्रिभुवन आर्मी क्लब भर्सेस प्रदेश १ (मुलपानी)

एपीएफ क्लब भर्सेस गण्डकी प्रदेश (मुलपानी)

३० गते ४ खेल

कर्णाली प्रदेश भर्सेस नेपाल पुलिस क्लब (कीर्तिपुर)

प्रदेश २ भर्सेस वाग्मती प्रदेश (कीर्तिपुर)

सदूरपश्चिम प्रदेश भर्सेस त्रिभुवन आर्मी क्लब (मुलपानी)

लुम्बिनी प्रदेश भर्सेस नेपाल पुलिस क्लब (मुलपानी)

माघ १ गते २ खेल

प्रदेश १ भर्सेस नेपाल पुलिस (कीर्तिपुर)

वाग्मती भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)

माघ २ गते २ खेल

सदूरपश्चिम प्रदेश भर्सेस प्रदेश १ (कीर्तिपुर)

लुम्बिनी प्रदेश भर्सेस गण्डकी प्रदेश (कीर्तिपुर)

माघ ३ गते रेस्ट डे

माघ ४ गते सेमिफाइल

समूह ए को विजेता भर्सेस समूह बी को उपविजेता

समूह बी को उपविजेता भर्सेस समूह ए को विजेता

माघ ५ गते फाइनल

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell