PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

आर्मीले पुलिसलाई दियो १३८ रनको लक्ष्य



पहिलोपोस्ट

आर्मीले पुलिसलाई दियो १३८ रनको लक्ष्य
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १३८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको हो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन बनाउँदा सोमपाल कामीले ४२ रन बनाए। त्यस्तै हरि चौहान, कुशल मल्ल र शुसन भारीले समान १२ रन बनाए।

बलिङतर्फ पुलिसका करण केसीले सर्वाधिक ४ विकेट लिँदा गुलसन झा र योगेन्द्सिंह कार्कीले समान २/२ विकेट तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट विकेट लिए।

पुलिस जवाफी ब्याटिङमा उत्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell