उत्तर कोरियाले 'संदिग्ध' ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। एक हप्ता अघिमात्रै 'हाइपरसोनिक' मिसाइल परीक्षण गरेको उत्तर कोरियाले आज संदिग्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।
मंगलवार बिहान उत्तर कोरियाले मिसाइल प्रहार गरेको पुष्टि जापानको कोस्ट गार्डले पनि गरेको छ। दक्षिण कोरियाली सेनाले आफूहरुले 'संदिग्ध ब्यालेस्टिक मिसाइल'को बारेमा आफूहरुले पत्ता लगाएको जनाएको हो। मिसाइलका बारेमा अमेरिकी गुप्तचर विभागसँग मिलेर विश्लेषण गरिरहेको दक्षिण कोरियाले जनाएको छ।
अमेरिका, दक्षिण कोरिया लगायत ६ राष्ट्रले उत्तर कोरियालाई 'अस्थिरताको कारवाही' रोक्न चेतावनी दिएको बेला नै यो मिसाइल प्रहार गरिएको हो।