PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

भारतमा थपिए १ लाख ६८ हजार बढी संक्रमित, दिल्लीमा निजी कार्यलय बन्द गर्न निर्देशन



पहिलोपोस्ट

भारतमा थपिए १ लाख ६८ हजार बढी संक्रमित, दिल्लीमा निजी कार्यलय बन्द गर्न निर्देशन
Photo : R.V. Moorthy / The Hindu

भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। हाल भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्ट फैलिएसँगै दैनिक संक्रमितको संख्यामा पनि वृद्धि भएको हो। हालसम्म भारतमा ४ हजार ४६१ जनामा ओमोक्रन पुष्टि भइसकेको छ।

पछिल्लो तथ्यांक अनुसार भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ४४६ पुगेको छ। भारतमा दैनिक संक्रमण दर १०.६४ प्रतिशत रहेको छ।

यस्तै, थप २७७ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

संक्रमण बढ्दै गएपछि दिल्लीमा निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिइएको छ। अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्न भनिएको हो। यसका साथै रेष्टुराँ र बारहरु भौतिक उपस्थितिमा संचालन गर्न नपाइने भएको छ। रेष्टुराँहरुमा अबदेखि टेकअवेमात्रै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell