PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने



पहिलोपोस्ट

'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द राइज' को हिन्दी भर्सन ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यस फिल्मको हिन्दी भर्सन जनवरी १४ देखि अमेजन प्राइम भिडियोमा रिलिज हुने लागेको हो।

जनवरी ७ देखि उक्त फिल्म अमेजन प्राइम भिडियोमा तेलुगूका साथै मलयालम, तमिल र कन्नड भाषामा रिलिज भएको थियो।

१७ डिसेम्बरबाट सिनेमाहलमा रिलिज भएको यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। ओटीटीमा पनि फिल्मले राम्रो कमाई गरिरहेको छ। विश्वभरिबाट ३.२६ करोड रुपैया कलेक्सन गरेर यो फिल्म कोरोना महामारीपछि सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ।

सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell