PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विद्यालय बन्द भए, स्थानीय तहले दिन थाल्यो विद्यार्थीलाई खोप

विद्यालय बन्द भए, स्थानीय तहले दिन थाल्यो विद्यार्थीलाई खोप

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा १२ वर्ष देखि १८ वर्षका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिन सुरु गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विद्यालहरुमा नै खोप दिने भनिए पनि सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय तहबाट खोप दिन लागिएको हो।

आजबाट बालबालिकालाई फाइजर र मोर्डना खोप दिन सुरु गरिएको हो।

काठमाडौंको वडा १२ मा बुद्धमाइ सेन्टर हस्पिटलमा महेन्द्र सरस्वती स्कुल, राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती निकेतनका विद्यार्थीलाई खोप दिइएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell