PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

राजावादीको नाराबाजी बिच पृथ्वीनारायण शाहको शालिकमा पूर्व राजा ज्ञानेन्द्रले गरे माल्यार्पण

राजावादीको नाराबाजी बिच पृथ्वीनारायण शाहको शालिकमा पूर्व राजा ज्ञानेन्द्रले गरे माल्यार्पण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

राजावादीहरुको नाराबाजी बिच पूर्व राजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्। पूर्व राजा पुग्ने भएपछि सिंहदरबार क्षेत्रमा राजावादीहरुको भिड थियो। उनीहरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए।

पूर्व राजा पुग्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँ पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी थिइन्। त्यसक्रममा सिंहदबार क्षेत्र खाली गराइएको थियो। पूर्व राजा पुग्दा भने भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell