PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

वाग्मती प्रदेशले एपीएफलाई दियो १२६ रनको लक्ष्य



पहिलोपोस्ट

वाग्मती प्रदेशले एपीएफलाई दियो १२६ रनको लक्ष्य
तस्बीर : क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा जारी दोस्रो खेलमा वाग्मती प्रदेशले विभागीय टोली एपीएफलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको हो।

वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाउँदा नन्दन यादवले २४ रन बनाए। त्यस्तै सुवास खकुरेलले २१, आदिल खानले १९ रन बनाए।

बलिङतर्फ एपीएफका अविनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा कमल ऐरीले २ विकेट तथा किशोर महतो र शरद भेषवाकरले समान १/१ विकेट लिए।

त्यस्तै मुलपानीमा जारी अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई ११७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको हो। जसका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाउँदा सन्दीप क्षेत्रीले २७ तथा अनिल गुरुङ र विपिन खत्रीले समान १०/१० रन बनाए।

बलिङतर्फ प्रदेश २ का मोहम्मद आदिल आलमले २ विकेट लिँदा जितेन्द्र यादव, हरिशंकर शाह र विवेक यादवले समान १/१ विकेट लिए।

एपीएफ र प्रदेश २ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell