PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बंगलादेशमा रेष्टुराँमा खान र होटलमा बास बस्न खोप कार्ड अनिवार्य



पहिलोपोस्ट

बंगलादेशमा रेष्टुराँमा खान र होटलमा बास बस्न खोप कार्ड अनिवार्य
Photo: TBS NEWS

बंगलादेशमा पछिल्ला समय कोभिड १९ संक्रमण दर बढ्दै गएपछि सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको छ। सरकारले कोरोना संक्रमण फैलिनबाट नियन्त्रण गर्न लागु गरेको निर्देशनहरु पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

सरकारले सार्वजनिक स्थलमा जम्मा हुँदा, पसल र मलहरुमा मास्क अनिवार्य गरेको छ। मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिनेछ।

त्यस्तै भिडभाड हुने गरी सभा समारोह गर्न रोक लगाइएको छ। सार्वजनिक यातायातमा क्षमताको आधामात्र यात्रु राखेर संचालन गर्नुपर्ने नियम बनाइएको छ।

अबदेखि होटल, रेष्टुराँहरु रातिसम्म खोल्न नपाइने भएको छ। होटल र रेष्टुराँले क्षमता भन्दा आधालाई मात्रै सेवा दिन पाउने छन्। त्यस्तै, होटल र रेष्टुराँमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जाहाजबाट यात्रा गर्दा खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell