PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

मेडिकल कलेजको ठगीबारे छानबिन गर्न गृहमन्त्रीलाई सत्तारुढ विद्यार्थी संगठनले गरायो ध्यानाकर्षण



पहिलोपोस्ट

मेडिकल कलेजको ठगीबारे छानबिन गर्न गृहमन्त्रीलाई सत्तारुढ विद्यार्थी संगठनले गरायो ध्यानाकर्षण

काठमाडौं : सातवटा विद्यार्थी संगठनले मेडिकल कलेजका विद्यार्थी माथि भएको दमनको विरोध गर्दै ठगीको अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। सत्तारुढ दलका भातृ संगठनहरुले तीन बुँदे माग सहित खाणलाई  ध्यानाकर्षण पत्र बुझाएका हुन्।  

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अत्तिरिक्त शुल्क लगाउने कलेजबारे छानविन गर्न उनीहरुले माग गरेका हुन्। अत्तिरिक्त शुल्कको नाममा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले ठगी गरेको भन्दै उनीहरुले अनुसन्धान गर्न माग गरेका छन्। 

अत्तिरिक्त शुल्क नतिरेको खण्डमा पढ्न नै नपाइने भनि धम्की दिएको भन्दै कलेज प्रशासनलाई कारवाही गर्न समेत उनीहरुले माग गरेका छन्।

चिकित्सा शिक्षा आयोगले तोके अनुसार एक वर्षको १३ लाख ४१ हजार ८३ रुपैयाँ तिर्नुपर्ने हुन्छ। साथै आयोगको निर्णयमा होस्टेल/मेस विद्यार्थीको ऐच्छिक हुने भनेको छ। तर मेडिकल कलेजहरुले अत्तिरिक्त शुल्क लाग्ने र होस्टेल/मेस अनिवार्य हुने भनेपछि यो विवाद चर्किएको हो। पिडित विद्यार्थीलगायत अभिभावकहरु समेत यसको विरोधमा आन्दोलनरत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell