PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

कोभिड-१९ संक्रमण बढ्न थाले पछि एमालेले सार्‍यो प्रदेश अधिवेशनको मिति, जिल्ला अधिवेशन भने जारी



पहिलोपोस्ट

कोभिड-१९ संक्रमण बढ्न थाले पछि एमालेले सार्‍यो प्रदेश अधिवेशनको मिति, जिल्ला अधिवेशन भने जारी

काठमाडौं : नेकपा एमालेले प्रदेश अधिवेशनको मिति सारेको छ। माघ ८ गतेका लागि तोकिएको प्रदेश अधिवेशन केन्द्रीय कार्यालयको बैठकले माघ २८ र २९ गतेका लागि सारेको हो।

कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै अधिवेशनको मिति सारिएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 'कोभिड संक्रमणलाई केही समय हेरौँ भनेर सारिएको हो,'रिजालले भने।

कोभिड-१९ को संक्रमण बढ्न थालेपछि सरकारले भिडभाड हुने गतिविधिमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। गृहमन्त्रालयले सरोकारवाला निकायलाई सर्कुलर नै जारी गरेर २५ जनाभन्दा बढी भेला हुने गतिविधि रोकन निर्देशन दिएको छ। यसअवस्थामा अहिले एमालेको जिल्ला अधिवेशन चलिरहेको छ।

६४ जिल्लामा भएको अधिवेशनमा ५२ जिल्लाको नेतृत्व चयन भइसकेको एमलेको प्रचार विभागले जनाएको छ। अरु जिल्ला अधिवेशन चाँडै सुरु हुने रिजालले बताए। प्रदेशको अधिवेशन रोकेको एमालेले जिल्ला अधिवेशन भने रोक्ने निर्णय गरेको छैन। 

एमालेले मंसिर १०-१४ मा १० औं राष्ट्रिय महाधिवेशन गरेको थियो। जिल्ला र प्रदेशको अधिवेशन थाति राखेर केन्द्रको नेतृत्व चयन गरेको एमालेले अहिले तल्लो तहको नेतृत्व चयन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell