A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67a3ca7f77ccb0.81943487): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67a3ca7f77ccb0.81943487,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3ca7f780711.06468520): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3ca7f780711.06468520,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भारतमा ओमोक्रनको त्रास बढेसँगै सीमामा स्वदेश फर्किनेको लर्को, बेलहिया नाकामा कडाइ
PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

भारतमा ओमोक्रनको त्रास बढेसँगै सीमामा स्वदेश फर्किनेको लर्को, बेलहिया नाकामा कडाइ



रमेश पराजुली

भारतमा ओमोक्रनको त्रास बढेसँगै सीमामा स्वदेश फर्किनेको लर्को, बेलहिया नाकामा कडाइ

बुटवल : भारतमा तीव्र रुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रनको संक्रमण बढेसँगै रोजगारी छाडेर घर फर्किने नेपालीहरुको सीमा नाकामा लर्को लाग्न थालेको छ। भारतमा ओमिक्रोनसँगै डेल्टा भेरियन्टको केस तीव्र रुपमा बढ्न थालेपछि रुपन्देहीको बेलहिया नाकामा स्वास्थ्य सतर्कताका साथ नेपाल प्रवेशमा कडाइ गर्न थालिएको छ।

अहिले दैनिक २५० देखि ३५० जनासम्म भारतबाट नेपाल फर्किने गरेका छन्।

भारतबाट स्वदेश फर्केने क्रम बढेपछि जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। संक्रमण नियन्त्रण र उपचारको लागि प्रशासनले तयारी थालिएको छ। प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ। अस्पतालहरू पनि संक्रमित बढ्न सक्ने भन्दै थप तयारीमा जुटेका छन्।

रुपन्देहीको बेलहिया नाकामा कार्यरत प्रहरी जवान रामहरि पाण्डेका अनुसार उक्त नाकाबाट नेपाल भित्रिएकाहरु मध्ये सोमबार ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। त्यस्तै आइतबार २३ जना, शनिबार ४३ जना, शुक्रबार २७ जना, र बिहीबार ११७ जनामा संक्रमण पुष्टी भएको थियो। रुपन्देहीमा अहिले सक्रिय संक्रमितको संख्या १२४ रहेको छ।

भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने नागरिकहरुलाई सीमानाकामा खटिएका कर्मचारीले विशेष स्वास्थ्य सावधानीका साथ परीक्षणसँगै व्यक्तिको नाम, ठेगाना, उमेर र कुन ठाउँबाट आएको भन्ने पूरा विवरण राखेर मात्रै नेपाल प्रवेश गर्न दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

सिमानाकामा आउने नागरिकहरुलाई होल्डिङ सेन्टरमा राखेर शरीरको तापक्रम नाप्ने, पूरा विवरण खुल्ने गरी रेकर्ड राखेर मात्रै गन्तव्यमा पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।

‘शरीरको तापक्रम बढी भएका र कोभिडको शंका लागेकाहरुलाई सुरुमा एन्टिजेन परीक्षण गरिन्छ। एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुको मात्र पीसीआर परीक्षण हुन्छ’ उनले भने।

नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका नेपाली नागरिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर होम आइसोलेसनमा बस्ने शर्तमा घर पठाउने गरिएको छ।  पोजेटिभ देखिएका भारतीय नागरिकहरुलाई भने नेपाल प्रवेश अनुमति नदिइ भारतनै फर्काउने गरिएको छ।

अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने अन्य देशका पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन्। पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका कर्मचारी खटिएका छन् ।

संक्रमण रोक्न कस्तो छ तयारी ?

जिल्लामा संक्रमण बढेसँगै २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ। सवारीसाधन, सार्वजनिकस्थलमा समेत स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ।  सम्भावित जोखिम नियन्त्रणका लागि पहिलो र दोस्रो लहरका बेला संचालन गरेका आइसोलेसन कक्षलाई पनि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।

‘संक्रमितको उपचारका लागि पूर्व तयारी छ। आइसोलेसन कक्ष तयार राख्नका लागि पालिकाहरुलाई पनि आग्रह गरेका छौँ,’ उनले भने।

सीमा नाकामा आउने नागरिकहरुको संख्या बढिरहँदा एन्टिजन परीक्षणका लागि आवश्यक पर्ने किट अभाव हुनसक्ने भएकाले यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर तत्काल किट व्यवस्थापनको काम अगाडि बढाएको तिवारीले बताए। कोरोनाको त्रास फेरि बढेकाले सार्वजनिक सवारीसाधन, बजार क्षेत्र, मानिसको बढी भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न उनले आग्रह गरेका छन्।

रुपन्देहीमा विगतको जस्तो अक्सिजनको अभाव हुन नदिन अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गर्ने र पहिलेका प्लान्टहरुलाई संचालन गर्ने तयारी थालिएको छ।

‘कोभिड अस्पताल र अन्य अस्पतालहरुमा पनि आवश्यकता अनुसार बेडको संख्या बढाउँदै लैजान्छौं। संक्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षको समेत व्यवस्था भइरहेको छ’ उनले भने।

यसका साथै संक्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको र संक्रमण फैलन नदिन आवश्यक जनचेतना जगाउने काम पनि जारी रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell