PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पतालमा गरियो भर्ना



पहिलोपोस्ट

लता मंगेशकरलाई कोरोना संक्रमण, अस्पतालमा गरियो भर्ना

भारतीय गायिका लता मंगेशकर कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। उनलाई कोरोना संकमण पृष्टि भएसँगै अस्पताल भर्ना गरिएको छ।

९२ वर्षीया मंगेशकरको यतिखेर मुम्बईको क्याण्डी अस्पतालमा आईसियूमा उपचार भइरहेको छ। लतालाई कोरोनाको सामान्य लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको उनकी नातेदार रचना शाहले एएनआईलाई जानकारी दिएकी छिन्।

हाल उनको अवस्था सामान्य रहेको र उमेरका कारण अस्पतालको आईसियूमा राखेर उपचार भइरहेको समेत उनले बताएकी छिन्।

यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो। २८ दिनसम्म उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell