PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

पीएम कप: गण्डकी प्रदेशलाई हराउँदै प्रदेश २ को प्रतियोगितामा पहिलो जित



पहिलोपोस्ट

पीएम कप: गण्डकी प्रदेशलाई हराउँदै प्रदेश २ को प्रतियोगितामा पहिलो जित
फाइल फोटो: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराएको छ। रोमाञ्चक खेलमा प्रदेश २ ले गण्डकी प्रदेशमाथि २ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११६ रन बनाएको थियो। जसका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाउँदा सन्दीप क्षेत्रीले २७ तथा अनिल गुरुङ र विपिन खत्रीले समान १०/१० रन बनाए।

बलिङतर्फ प्रदेश २ का मोहम्मद आदिल आलमले २ विकेट लिँदा जितेन्द्र यादव, हरिशंकर शाह र विवेक यादवले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले १८.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

जसका लागि हसिम अन्सारीले सर्वाधिक २६ रन बनाउँदा सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७ तथा हरिशंकर शाहले १२ रनको योगदान दिए।

गण्डकीका कृष्ण पौडेलले ३ विकेट तथा सुवास भण्डारी र बिशाल पौडेलले समान २/२ विकेट लिए पनि प्रदेश २ लाई रोक्न सकेनन्।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको प्रदेश २ को यो पहिलो जित हो भने गण्डकी प्रदेश पहिलो खेलमै पराजित भएको हो।

मुलपानीमा आजै सम्पन्न पहिलो खेलमा प्रदेश १ लाई कर्णाली प्रदेशले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell