PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पृथ्वी जयन्तीमा सिंहदरबार अघि रमझमको दृश्य

पृथ्वी जयन्तीमा सिंहदरबार अघि रमझमको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस। यही अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरियो।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन्। यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाहले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार अघि रहेको शालिकमा जम्मा भई माल्यार्पण गरिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि शालिक अघि कार्यक्रम गरेको थियो। यस्तै अन्य संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाएका छन्।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell