PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कोरोना संक्रमण देखिएपछि माधव नेपाल घरमै आराम गर्दै, स्वास्थ्य अवस्था सामान्य



पहिलोपोस्ट

कोरोना संक्रमण देखिएपछि माधव नेपाल घरमै आराम गर्दै, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट संक्रमित भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेतालाई कोरोना संक्रमण भएपछि नेपालले पनि स्वाब परीक्षण गराएका थिए। आज उनको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

संक्रमण पुष्टि भएपछि उनी कोटेश्वरस्थित निवासमा आराम गरिरहेको उनले बताए।

'अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ' उनले भने।

यसैगरी, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell