PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

भारतमा थप १ लाख ९४ हजार बढीमा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

भारतमा थप १ लाख ९४ हजार बढीमा देखियो कोरोना संक्रमण
Photo : PTI

पछिल्लो २४ घण्टामा १  लाख ९४ हजार ७२० जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवार २६ हजार ६५७ जनामा संक्रमण देखिएको थियो। आज १५.८ प्रतिशत बढीमा संक्रमण देखिएको हो। यससँगै भारतमा दैनिक संक्रमण दर ११.०५ प्रतिशत पुगेको छ।

यस्तै, थप ४४२ जाको संक्रमणका कारण मृत्यु हुँदा कुल सक्रिय संक्रमितको संख्या ९ लाख ५५ हजार ३१९ पुगेको छ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। ओमोक्रन र डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै संक्रमण दर ह्वात्तै बढेको हो। हालसम्म भारतमा ४ हजार ८६८ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell