PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिएका सुवेदी दम्पती रिहा



पहिलोपोस्ट

बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा समातिएका सुवेदी दम्पती रिहा

काठमाडौं : बहुचर्चित 'ललिता निवास'को जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा समातिएका एक दम्पती रिहा भएका छन्।

पुसको पहिलो साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो। स्वयम्भूबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

ब्युरोले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा बुझाएको अभियोग पत्र सरकारी वकिल कार्यालयले फिर्ता गरेपछि उनीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा १ सय १० जना विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा सुवेदी दम्पती फरार थिए। उनीहरूलाई अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell