PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण



पहिलोपोस्ट

किम जोङ उनको उपस्थितिमा 'हाइपरसोनिक मिसाइल'को परीक्षण
Photo : KCNA/REUTERS

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको छ। उक्त मिसाइलले एक हजार किलोमिटरको दुरी तय गरेको स्‍थानीय मिडियाले जनाएको छ।

ब्यालेस्टिक मिसाइलभन्दा बढी दुरी तय गर्न सक्ने उक्त हाइपरसोनिक मिसाइल मंगलवार परीक्षण गरिएको थियो। दक्षिण कोरिया र जापानले भने उत्तर कोरियाले संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो।

उत्तर कोरियाले तेस्रोपटक ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको हो। यसपटकको मिसाइल परीक्षणमा नेता किम जोङ उनको पनि उपस्थिति थियो। एक हप्ता अघि मात्रै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell