PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलिउडमा डेब्यु गर्दै विपिन कार्की, रणवीर कपूरसँगै 'एनिमल' मा देखिने



पहिलोपोस्ट

बलिउडमा डेब्यु गर्दै विपिन कार्की, रणवीर कपूरसँगै 'एनिमल' मा देखिने

काठमाडौं: अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा काम गर्ने भएका छन्। विपिनले 'एनिमल' मार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन्।

आफूलाई फिल्मको निर्माण टिमबाट नै अभिनयको प्रस्ताव आएको र प्रस्ताव राम्रो लागेर फिल्म खेल्न स्वीकार गरेको कार्कीले जानकारी दिए।

'फिल्म टिमबाट नै फोन आएको हो। उहाँहरुले मेरो सेल्फी किङ हेर्नुभएको रहेछ। जसकारण मलाई फिल्मको सहायक भूमिकाको सम्झनुभएको हो। तर, अहिले पात्रको बारेमा बताउनुभएको छैन्। जुलाई/अगस्टमा सुटिङका लागि  निर्माण टिमले बोलाउनुभएको छ,'उनले भने।

बलिउड फिल्ममा अभिनय गर्ने अवसर आउँदा उत्साहितका साथै डर पनि लागिरहेको विपिन बताउँछन्।

'बलिउडमा काम गर्ने अवसर पाउँदा निकै उत्साहित छु। तर डर पनि लागिरहेको छ। नयाँ क्षेत्रमा काम गर्ने अवसर मिल्दा चुनौति पनि थपिन्छ। ठुला स्टारहरुको छायाँमा पो परिने होकी भन्ने लाग्दो रहेछ। काम गर्दा कस्तो होला भन्ने डर पनि लागिरहेको छ।'

सन्दिप रेड्डी भांगाको निर्देशन रहने यस फिल्ममा रणवीर कपूरको मुख्य भूमिका रहेको छ। साथै फिल्ममा अनिल कपूर, बबि देओल र परणिती चोपडा लगायतका कलाकारहरुको अभिनय छ।

अहिले फिल्मको दोस्रो सेड्युलको सुटिङ चलिरहेको छ। आगामी ११ अगस्ट २०२३ मा फिल्मको रिलिज मिति तय भएको छ। यसअघि निर्देशक सन्दिपले ‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबीर सिंह’को निर्देशन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell