PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्प समर्थक सांसदले ज्यान मार्ने धम्की दिइरहेको अमेरिकी संक्रामक रोग विशेषज्ञ फाउसीको आरोप



पहिलोपोस्ट

ट्रम्प समर्थक सांसदले ज्यान मार्ने धम्की दिइरहेको अमेरिकी संक्रामक रोग विशेषज्ञ फाउसीको आरोप

अमेरिकी संक्रामक रोग नियन्त्रण सम्बन्धी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्टोनी फाउसीलाई ज्यान मार्ने धम्की दिइएको छ। फाउसीले रिपव्लिकन सिनेटर राण्ड पाउलले कोभिड-१९ सम्बन्धी भ्रामक सन्देश दिएको आरोप लगाएसँगै उनलाई र उनको परिवार माथि आक्रमणको धम्की आउन थालेको हो।

सिनेटको स्वास्थ्य कमिटीको सुनुवाइका क्रममा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक सिनेटर पाउल बिच विवाद बढेको थियो। फाउसीले पाउल कोभिड-१९ र स्वास्थ्य संकटकाललाई सम्बोधन गर्नुको साटो भ्रामक सूचना फैलाउनमा लागेको आरोप लगाएका थिए। अमेरिकामा कोभिड-१९ का कारण ८ लाख मानिसको मृत्यु भइसकेको छ। 

पाउलको वेबसाइटमा फाउसीमाथि राम्रो सुझावलाई बेवास्ता गरेको आरोप लगाउँदै मास्कले सबै संक्रामक भाइरस रोक्छ भन्दै झुट बोलिरहेको उल्लेख छ। मंगलवार सुनुवाइका क्रममा पाउलले फाउसी माथि आफूसँग सहमत नराख्ने वैज्ञानिकहरुलाई उनले 'धब्बा' लगाइरहेको आरोपसमेत लगाएका थिए।

फाउसीले पाउलले सत्यलाई बंगाइरहेको आरोप लगाएका थिए। फाउसीले सुनुवाइका क्रममा पाउलले यथार्थलाई लत्याउँदै वास्तविकता माथि राजनीति गरेको आरोप समेत लगाए। पाउलले फाउसीलाई हटाउन रकम संकलन गरिरहेको रोयटर्समा उल्लेख छ। 

फाउसीले केही पुरातनवादीहरुबाट आलोचना खेपिरहेका छन् भने ज्यान मार्ने धम्कीसमेत पाइरहेका छन्। यसरी उनलाई धम्की दिनेहरुमा भ्याक्सिन र माक्सको विरोध गर्नेहरु रहेका छन्।

फाउसीले यसरी फैलाइएका गलत सुचनाले चुनौतीलाई मलजल गरिरहेको बताएका छन्। फाउसीले डिसेम्बर २१ क्यालिफोर्नियाबाट वासिङ्टन डीसी फर्किँदै गर्दा ज्यान मार्ने गरी आक्रमण भएको जानकारी दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell